सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दियामा दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टि, मलामी जति क्वारेन्टाइनमा

बर्दिया। बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलाम गएका सबैलाई क्वारेन्टिनमा राख्ने र सङ्क्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।

सङ्क्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए ।

मंगलबार बिहान १ः३० बजे उनको निधन भएको र ३ः३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा दिनेश श्रेष्ठले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »