सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन। पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकमा यातायात अवरुद्ध भएको छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शुक्रबार दुई बजे मुग्लिन नजिक इच्छाकामना गाउँपालिकाको तीन नम्बर पुलमा सुख्खा पहिरो खसेको हो ।

पहिरोका कारण ठप्प भएको सडक खुल्न अझै दुई तीन घण्टा लाग्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

विभिन्न ठाउँहरुमा निषेधाज्ञा भएका कारण सडकमा गाडीको चाप भने छैन । तर बाटो बन्द हुँदा अत्यावश्यक सेवाका एम्बुलेन्स र खाद्यान्नलगायत सामान बोक्ने ट्रकहरु ओहोरदोहोर गर्न पाएका छैनन् ।

भर्खरै

सम्बन्धित खबर

Language »