सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महानगरका कर्मचारीको मस्तिः प्रशासकीय कर्मचारीलाई जोखिम भत्ता, स्वास्थ्यका कर्मचारीले पाएन

डिलकुमारि नेपाल ,शंकर श्रेष्ठ,चितवन। देशभरि कोरोना संक्रमणको समयमा चिकित्सक स्वास्थ्यकर्मीलाई सत प्रतिशत जोखिम भत्ता उपलव्ध गराउन भने पनि भरतपुर महानगर आफ्नै बोलिमा चुकेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुरुवाती समयमा स्वास्थ्य कर्मीको मनोवल वढाउन भत्ता दिने कुरा अहिले उनीहरु नपाएर दङ्गदास भएका छन् ।

महानगरको मातहत रहेका हेल्थपोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरु अहिले भत्ताको आश मरेयाे गौरिगञ्ज हेल्थपोष्ट प्रमुख ईश्वरा तिवारी महानगरका प्रशासनिक कर्मचारीले भत्ता लिईएको भए पनि स्वास्थ्य कर्मीहरुले अहिले सम्म नपाएकाे गुनासाे छ।

प्रत्यक्ष रुपमा अग्र पङ्गतिमा रहेर काम गर्ने कर्मचारीले भने जोखिम भत्ता पाउन नसकेको बताए।स्वास्थ्य महाशाखा अन्तगृत कार्यरत अहेब अशोक भूजेल प्रोत्साहन भत्ता पाउनु कहाँ परको कुरा आफ्नै खर्च भएको पैसा समेत पाउन नसकेको गुनासाे छ। उहाँ लकडाउनको समय देखि नै भरतपुर महानगरको वडा नम्बर ७ मा रहेका क्वारेन्टिनमा खटिनु भएको थियो ।

अहिले पनि नियमित रुपमा खटिनु भएको नै छ तर उहाले वारम्बार सम्पर्क गर्दा समेत प्रोत्साहन भत्ता नपाएको बताउए। उनले भने “दुःख गर्ने हामी भत्ता लिने अरु नै ।” यसले गर्दा प्रशासनका कर्मचारीहरुले स्वास्थ्यका कर्मचारीलाई हेर्ने दृष्ट्रिकोण स्पष्ट भएको भूजेलको भनाई रहेकाे छ।महानगरको प्रमुख प्रशासकिय अधिकृत देखि बनपाले सम्मले असर २८ गते जोखिम भत्ता पाएका छन् भने महानगरमा रहेका ३१ वटा स्वास्थ्य संस्था मध्य कसैले पनि भत्ता पाउन नसकेका हुन् । महानगरमा रहेका २९ वटा वडामा रहेका क्वारेन्टिनमा नियमित काम गर्नेलाई अहिले सम्म प्रोत्साहन भत्ता नपाएका सांचाे छ।

भरतपुर अस्पतालमै कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य प्राविधिक कर्मचारीहरू पनि अहिलेसम्म जोखिम भत्ता नपाएको गुनासो गरिरहेका छन् ।

उनीहरुले सरकारले दिन्छु भनेको रकमसमेत नदिएको भन्दै काम गर्ने जाँगर र उत्साह पनि हराउँदै गएको गुनासाे सुनाउछन्।तर, यता भरतपुर महानगरपालिकामा काम गर्ने प्रशासनिक कर्मचारीदेखि पियनसम्मले असार महिनामा नै कोरोना जोखिम भत्ता लिएको खुलेको छ । अझै गज्जबको कुरा के छ भने, महानगरपालिका इन्जिनियर, सुपरभाइजर, वनपालेसम्मले कोरोना जोखिम भत्ता लिएका छन् ।

स्वास्थ्य महाशाखाका सह संयोजक सुर्य तिवारी पहिलाको वजेट सकिएको र आगामी वजेटबाट अग्र पंङ्गतीमा रहेर काम गर्नेलाई प्रोत्साहन भत्ता दिईने तयारी मै छै भन्नू हुनछ। महाशाखाबाट सबै प्रकृया पुरा गरेर फाईल पठाईएको छ उहाँले भन्नुभयो “चेक संञ्चालनमा आए संगै सबैलाई बितरण गरिने हाे।साउन, भदौ महिनाको समेत जोखिम भत्ता व्यवस्था गर्नु पर्ने भएकाले सोही समयमा क्रमागत योजना अन्तर्गत रकम निकासा गरी ने उहाँले बताएका छन् ।महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम वापतको जोखिम भत्ता भन्दै १०२ जना कर्मचारीलाई २१ लाख ९३ हजार ७ सय ९४ रुपैयाँ भत्ता बाँडेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जोखिममा काम गरेका कर्मचारीलाई सरकारको निर्णय अनुसार जोखिम भत्ता दिइएको दावी गरेका छन्।सरकारले चिकित्सक तथा ल्याबमा काम गर्ने प्राविधिकहरुलाई दिन्छु भनेको भत्ता नदिएको अवस्थामा महानगरपालिकाले कसरी बाँड्यो भन्ने प्रश्नमा जोशीले महानगरको आन्तरिक स्रोतबाट बाँडिएको बताउनुभयो । स्वास्थ्य महाशाखाका पाँच जना कर्मचारीले प्रोत्साहन भत्ता पाएका छन् भने अन्यले पाउन सकेका छैनन् ।

कसैले १० दिनको पाउनुभा’छ कसैले डेढ महिनाको पाउनुभा’छ हिसाब गरेर दिएका छौं’ प्रमुख प्रशासकीय अधिकृत जोशीले भन्नुभयो, ‘जोखिम नभएकालाई दिएका छैनौं याे अति नै हाे सबै अफिसमा बिना काम नजाने त छैनन।यसैले कसैलाई काखा कसैलाई पाखा गरेकाे कमचारिहरुकाे गुनासाे छ।

भर्खरै

सम्बन्धित खबर

Language »