सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज दिपाश्रीको जन्मदिन,राजेश दाइको टिप्पणी गर्नु मेरो ठूलो भुल हो भन्दै रुँदै मागिन माफी

काठमाडौं । कलाकार दिपाश्री निरौलाले अभिनेता राजेश हमालमाथि गरेको टिप्पणीका लागि फेरि माफी मागेकी छन्।

आइतवार परेको जन्मदिनका अवसरमा दिपाश्रीले आफ्नो फेसबुक अकाउन्टमा भिडियो राख्दै राजेश हमालमाथि टिप्पणी आफ्नो जीवनकै ठूलो भुल भएको उल्लेख गरेकी छन्।

केही साताअघि दिपाश्रीले एक अन्तर्वातामा राजेश हमाल महानायक हो र? भन्दै प्रश्न गरेकी थिइन्। हमालको महानायक पदवीमा प्रश्न उठाएपछि उनको कडा आलोचना भएको थियो। पुराना कलाकारहरु उनीविरुद्ध खनिएका थिए।

त्यतिबेला पनि उनले फेसबुकमा स्टाटस लेखेर माफी मागेकी थिइन्। त्यो माफीले पनि माहोल शान्त भएको थिएन। सहकर्मी दिपकराज गिरीले पनि दिपाको तर्फबाट माफी मागेका थिए। पछि राजेश हमालले आफ्ना फ्यानलाई दिपाश्रीलाई माफी दिन अनुरोध गरेका थिए।

आज फेरि दिपाश्रीले जन्मदिनको अवसर पारेर फेसबुक भिडियोमा आफै उपस्थित भइ माफी मागेकी हुन्।

उनले आफूले काममा सफलता पाए पनि व्यक्तित्व विकासमा अझै कमजोरी रहेछ भन्ने यो घटनाले महसुस गराएको उल्लेख गरेकी छिन्।

भर्खरै

सम्बन्धित खबर

Language »