सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुई दिने राष्ट्रिय गजल महोत्सव सुरु

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा र राष्ट्रिय युवा परिषद्को सहकार्यमा बुधबारदेखि प्रतिष्ठानमा पहिलोपटक दुई दिने राष्ट्रिय गजल महोत्सव सुरु भएकाे छ।

महोत्सवको पहिलो दिन सातै प्रदेशका पाँच पाँचजना र काठमाडौं उपत्यकाबाट २८ जना गजलकारले गजल वाचन गरे भने साँझको तेस्रो सत्रमा तरन्नुम (गजल गायन) मा १५ वरिष्ठ गजलकारले प्रस्तुति दिए।

उदघाटन कुलपति गंगाप्रसाद उप्रेतीले देश भित्र र बाहिरका युवाको रुचि र आकर्षणको केन्द्र भएको र वाचन एवं गायनमा जम्न सकिने भएकाले गजल महोत्सव सुरु गरेको बताए।

पूर्वकुलपति वैरागी काइँलाले नेपाली छन्द कविताभित्र अंगीकृत नागरिकको रुपमा प्रतिष्ठानमा गजल प्रवेश गरेको तर्क गरे। सदस्यसचिव जगतप्रसाद उपाध्यायले गजल पछिल्लो समय सबै क्षेत्रलाई समेटेर अघि बढ्न सफल भएको बताए।

गजलकार बूँद रानाले १० वर्षअघिको सपना आंशिक रुपमा पूरा भएको भन्दै अब यो महोत्सव मोती जयन्तीका दिन गरे पूर्ण हुने चाहना व्यक्त गरे।

गजलकार ज्ञानुवाकर पौडेलले कविता महोत्सवजस्तै गजल महोत्सवले निरन्तरता पाउनुपर्नेमा जोड दिए। साहित्य विभागप्रमुख डा। हेमनाथ पौडेलले गजल महोत्सवले खासगरि युवामा तरंग र उमंग ल्याएको बताए।

‘महोत्सवले गजलको भविष्य सुनिश्चित गरेको छ’, उनले भने, ‘गजलको अस्तित्वलाई उत्कृष्ट बनाउने छ।’

तरन्नुममा बूँद राना, सनतकुमार वस्ती, धीरेन्द्र प्रेमर्षि, शीतल कादम्बनी, सुवास अगम, रामप्रसाद पहाडी, सादाब हलवाई, अनुपमा करारा आदिले गजल वाचन गरेका थिए।

दोस्रो दिन ‘आजको गजल लेखन : चुनौती र दिशा’ परिसंवाद हुनेछ भने सातै प्रदेशको नेपाली गजलको अवस्थाबारे प्रादेशिक प्रतिवेदन प्रस्तुती हुनेछ।

गोष्ठी सत्रमा टीकाराम उदासीले ‘नेपाली गजल : परम्परा र प्रवृत्ति’, डा। घनश्याम परिश्रमी र घनेन्द्र ओझाले ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ विषयक कार्यपत्र प्रस्तुत गर्नेछन्।

तेस्रो सत्रमा घनश्याम परिश्रमी, ललिजन रावल, ज्ञानुवाकर, रवि प्राञ्जल, गोपाल अश्क, प्रकट पंगेनी, विजय सुब्बा आदिले गजल वाचन गर्नेछन्। अन्तिम सत्रमा महोत्सव २०७६ घोषणा पत्र जारी गरेर सम्पन्न गर्ने कार्यक्रम छ।

बाग्मती प्रदेशबाट सहभागी गजलकार

भर्खरै

सम्बन्धित खबर

Language »