सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज पनि सुनको भाउ घट्यो, तोलाको कति पुग्यो त ?

काठमाडौं । सुनको भाउ मंगलबार पनि घटेको छ । यस दिन सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने सोमबारकै स्थिर अर्थात प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »