सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गत वर्ष रेमिटेन्स आउने क्रममा सामान्य गिरावट

काठमाडौं । गत आर्थिक वर्ष २०७६–०७७ मा रेमिटेन्स आउने क्रममा सामान्य गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार रेमिटेन्स भित्रिने क्रम ०.५% ले घटेर ८ खर्ब ७५ अर्ब रूपैयाँ कायम भएको हो ।

अर्थात् गत वर्ष ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको हो । अघिल्लो वर्ष रेमिटेन्स कमाई १६.५% ले बढेको थियो । कोरोनाका कारण रेमिटेन्स सामान्य प्रभावित भएको हो ।

यता, अमेरिकी डलरमा हिसाब गर्दा रेमिटेन्स ३.३% ले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८% ले बढेको थियो ।

गत आर्थिक वर्ष २०७६–०७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २०.५% ले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »