सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना महामारीले रातो मच्छिन्द्रनाथको रथयात्रा अझै अन्योलमा


ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ। मुलुकमा दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समयाभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने निश्चित नभएको हो

देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महीनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताए।

“अबको एक हप्तादेखि १० दिनभित्रमा रथयात्रा गर्ने तयारीका लागि हामी अघि बढ्नुपर्छ। यदि यस दिनसम्ममा पनि रातो मच्छिन्द्रनाथ रथयात्राको तयारी अघि बढेन भने पुल्चोकबाट गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल रथ पुर्‍याउन कम्तीमा चारदेखि पाँच दिन समय लाग्ने र शुभसाइत पनि पाउन मुस्किल हुनेछ”, उनले भने। आइतबार मात्र सो विषयमा राष्ट्रपतिका साथै प्रधानमन्त्रीसँग पनि भेटेर कुरा राखेको जोशीले बताए।

यस वर्ष कोभिड महामारीका बीच मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न केही सशस्त्र प्रहरी, नेपाली सेना, जात्रासँग सम्बन्धित ६० देखि ७० व्यक्ति, रथको अगाडि एउटा डोजर र पछाडि एउटा क्रेन बाँधेर भए पनि नढल्काइकन रथजात्रा गर्नुपर्ने समय भएको जोशीको मत छ।

रथजात्रालाई कहिलेबाट अघि बढाउने भन्ने विषयमा ज्यापू समाज ललितपुरलगायतका १९ जातीय समूह मिलेर केही निष्कर्ष निकाल्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ। बढ्दो महामारीका कारण हाललाई भोटोजात्राभन्दा पनि जनताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय भएको मेयर महर्जनले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »