सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओरालो लाग्न थाल्यो डलरको भाउ

काठमाडौं । अमेरिकी डलरको भाउ घट्न थालेको छ । अमेरिकी डलरको भाउ एकैदिन ८५ पैसाले घटेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार एक डलरको भाउ ११९ रुपैयाँ २० पैसा तोकेको छ । सोमबार एक डलरको भाउ १२० रुपैयाँ ५ पैसा थियो ।

लामो समयदेखि डलरको भाउ स्थिर जस्तै रहेकोमा मंगलबारदेखि घट्न सुरु गरेको हो । लामो समय १२० रुपैयाँको वरीपरी रहेको डलर घट्न सुरु गरेको हो ।

भारत सरकारले बैंकहरुलाई बलियो बनाउन विशेष नीति ल्याउने चर्चा चलेसँगै भारु बलियो बनेको थियो । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेको छ ।

जसका कारण भारु बलियो भएसँगै नेपाली रुपैयाँ पनि बलियो हुने गर्छ । भारतीय मुद्रा बलियो हुँदा डलरको भाउ ओरालो लागेको हो ।

डलरको भाउमा तलमाथि हुने वित्तिकै त्यसको असर प्रत्यक्षरुपमा नेपाली बजारमा पर्छ । डलरको मूल्य घट्ने वित्तिकै काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा कमी आउँछ ।

भर्खरै

सम्बन्धित खबर

Language »