सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज बुधबार पनि सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन ४ सयले सस्तिँदा तेजाबी सुन पनि चार सयले नै घटेर तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय र तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातादेखि सुन निरन्तर सस्तो बनिरहेको छ । गत साउन २३ गते तोलाको एक लाख ३ हजार ५ सयमा किनबेच भएर रेकर्ड कायम गरेको सुनको मूल्य २८ गते २५ हजार ५ सयमा झरेर सामान्य बढेको थियो ।

सुनको मूल्य घट्दा आज चाँदी पनि तोलाको १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »