सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भदौ १७ गतेसम्म निषेधाज्ञा, काठमाडौँ जिल्ला प्रशासनले जारी ग¥यो यस्तो आदेश

काठमाडौँ / जिल्ला प्रशासन काठमाडौँ जिल्ला प्रमुख अधिकारी, भक्तपुर र ललितपुर जिल्लाको प्रमुख अधिकारी सहितको संयुक्त बैठकबाट तीनै जिल्लामा भाद्र १७ गते सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण निरन्तर फैलिइरहेका कारण एक साताका लागि निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन्।

बुधबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप निर्णय गरेलगत्तै एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाको पालना गर्न र गराउन आग्रह गरेका हुन्।

उनले निषेधाज्ञाको उल्लंघन गर्ने वा आदेशको पालना गराउन अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने जानकारी दिए।

उनले निषेधाज्ञाको अवधिमा पनि अत्यावश्कीय वस्तुका आयात र बेचबिखान गर्न पाइने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल र व्यवसाय भने निर्वाध रुपमा खुल्ने जानकारी दिए। अत्यावश्यक बस्तु खाद्यान्न, तरकारी, फलफूल, दुघ, माछामासु आदि बिक्री गर्ने पसल भने बिहान सवा ९ बजेसम्म खोल्न सकिने विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै अत्यावश्यक बाहेकका अन्य व्यवसाय नखोल्न र अत्यावश्यकीय सामानको खरिदका लागि बाहेक बाहिर ननिस्कन सर्वसाधरणमा आदेश गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »