सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरीको गोलीबाट मृत्यु भएका आलमको शव अझै बुझेनन् परिवारले

झापा । झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पताल छ ।

बुधवार राति झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि विवाद सिर्जना भएको थियो ।

सो क्रममा प्रहरी माथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर सोही ठाउँमा ३८ वर्षीय आलम गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बुधवार राति बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

आलमको मृत्यु भएसंगै उनका आफन्तले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्ने , धर्मनिरपेक्षताका आधारमा धर्म मान्न पाउनु पर्नेलगायतका ११ सूत्रीय माग राखेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »