सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुजारी हत्याको विरोधमा राप्रपा विद्यार्थी संगठनद्वारा काठमाडौंमा गरिएको विरोध प्रदर्शनमा १२ पक्राउ

काठमाडौँ । रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्याको विरोध र हत्यारा पत्ता लगाई कडा कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

सो प्रदर्शनमा सहभागी केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्।

‘रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्याको विरोध र हत्यारा पत्ता लगाइ कडा कारबाहीको माग गर्दै राप्रपाको विद्यार्थी संगठन राप्रविसंले उपत्यकामा आज गरेको सांकेतिक प्रदर्शनमा भएको प्रशासनको धरपकड र पक्राउ निन्दनीय छ। पक्राउ गरिएकाहरुको शिघ्र रिहाइ होस्,’ श्रेष्ठले भनेका छन्।

त्यस्तै राप्रपा अध्यक्ष कमल थापाले सो प्रदर्शनका लागि आफ्नो विद्यार्थी संगठनका नेताहरुलाई धन्यवाद दिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »