सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा शिखर इन्स्योरेन्समा कोरोना विमा गराउने बढे

नेपालगञ्ज, नेपालगञ्जस्थित शिखर इन्स्योरेन्सको कार्यालयमा कोरोना विमा गर्नेहरुको सङ्ख्या ह्वात्तै बढेको छ ।


नेपालगञ्जस्थित शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक यज्ञवहादुर बस्नेतले बन्दाबन्दीको सुरुवातमा कोरोना विमा गर्नेहरुको चासो नदेखिएपनि पछिल्लो समय विमा गर्नेहरुको सङ्ख्या बढेको बताउनुभयो ।


शिखर इन्स्योरेन्सले नेपालगञ्ज क्षेत्रमा असारसम्म दुई हजार एकसयको कोरोना विमा गरेकोमा त्यसपछिको डेढ महिनामा दोब्बर बढिको विमा भएको छ ।


कोरोना विमा गरेका ब्यक्तिमा सङ्क्रमण देखिएमा एकलाख रुपियाँ विमा कम्पनीले भुक्तानी गर्छ । शिखर इन्सोरेन्समा विमा गराएका मध्ये २० बढिमा सङ्क्रमण देखिएको छ ।

उनीहरु मध्ये एकजनालाई विमा वापतको रकम भुक्तानी समेत गरिसकिएको क्षेत्रीय प्रबन्धक बस्नेतले जानकारी दिनुभयो ।

दर्जनौं विमा कम्पनीहरुमा विमाका लागि सिफारिस लिन पछिल्लो समय वडा कार्यालयमा सेवाग्राहीको भिड लाग्न थालेको छ ।

वडा कार्यालयबाट सिफारिस गर्दा विमा शुल्कमा ५० प्रतिशत छुट हुने गरेको छ । सिफारिस नभएको अवस्थामा विमा गर्दा ६०० रुपियाँ भुक्तानी तिनुपर्दछ । स्थानीय तहको सिफारिस भएपछि तीनसय रुपियाँ मात्रै तिनुपर्दछ ।

भर्खरै

सम्बन्धित खबर

Language »