सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनकपुरमा चम्ल्याहा बच्चा जन्माउने आमाको मृत्यु, बच्चा सकुशल

जनकपुरधाम। जनकपुरधाममा चम्ल्याहा बच्चा जन्माएकी महिलाको मृत्यु भएको छ । झण्डै नौं महिनाको गर्भपछि शल्यक्रिया मार्फत् मंगलबार चार शिशु जन्माएकी आमाको बुधबार २ बजे मृत्यु भएको हो।

चार शिशुमध्ये दुई शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको तर दुई जनाको अवस्था भने अस्थिर देखिएको शल्यक्रियामा संलग्न चिकित्सक डा. एसके सिंहले बताए।

जनकपुरधाम स्थित काव्या हस्पिटलमा भर्ना भएकी धनुषा विदेह नगरपालिका ७ जोगियाराकी २८ वर्षीया अरमाना खातुन मंगलबार ९ बजे अस्पताल भर्ना भएकी थिइन्।

भर्ना भएको झण्डै पाँच घण्टापश्चात् १ बजे एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्। प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. एसके सिंहले सुरुमा अवस्था समान्य भए पनि शल्यक्रियापछि अवस्था बिग्रिएको बताए।

उनले भने, ‘सामान्य तरिकाबाटै शल्यक्रिया मार्फत बच्चा जन्मिएको दुई घण्टापछि अवस्था बिग्रिएको थियो, तैपनि हामीले आइसियुमा राखेर उपचार गर्दै थियौं तर बुधबार अपरान्ह २ बजे निधन भयो।’

मृतक खातुनको शल्यक्रियापछि फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएकोले चिकित्सकको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा समेत पठाइएको काव्या अस्पतालका चिकित्सक सिंहले जनाएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »