सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

केही सहज बनाउँदै उपत्यकामा थप एक साता निषेधाज्ञा

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।

गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

यसअघि गरिएको दुई साता लामो निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ। निषेधाज्ञाको समय थप गरिए पनि केही सहज बनाउने निर्णय भएको छ।

स्वास्थ्य प्रोटोकल पालना गरेर कतिपय सेवाहरु सहज बनाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढामगरले बताए।

निर्णय गर्नु पहिले प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका जनप्रतिनिधि, स्वास्थ्य विज्ञ र उद्योगी व्यवसायीसँग परामर्श गरेका थिए। परामर्शका क्रममा फरक फरक सुझाव आएपछि प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको राय लिएर निर्णय गरेका हुन्।

जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका थिए। भदौ तीन गतेदेखि राजधानीमा निशेधाज्ञा सुरु भएको हो।

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको छ ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।

तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

भर्खरै

सम्बन्धित खबर

Language »