सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना संक्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

मंगलबार उपत्यकामा ४८१ जनामा कोरोना संक्रमित थपिएका थिए।

गौतमका अनुसार काठमाडौंका ३९३ जना, भक्तपुरका ३० जना र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

यस्तै सोमबार काठमाडौं उपत्यकामा थप २९८ जना कोरोना संक्रमित थपिएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »