सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

११ जना थपिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो।

यसलाई हिसाव गर्ने हो भने नेपालमा प्रतिघण्टा २ जना कोरोनाका कारण मृत्यु भएको छ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो ।

पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा ३२० महिला र ८०० पुरुष छन्।

भर्खरै

सम्बन्धित खबर

Language »