सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एउटा उदाहरणिय कार्य बन्दै “हुनेले दिएर जाऔं,नहुनेले लिएर जाऔं” कार्यक्रम

कोरोना भाइरस ले विस्व लाई त्रसिद बनाइ रहँदा ,देश मा लक्डाउन ,निशेधाज्ञा ,कर्फु ,भै आम मजुदर्, ज्यामी तथा तल्ला बर्गका मानिस हरु लाई बिहान बेलुकाको छाक टार्न समेत धौ धौ परेको अवस्थालाई मध्यनजर गर्दै समाज का केहि सचेत नागरिक तथा युवा हरु को सकृयता मा देश का बिभिन्न स्थान हरुमा एक फरक किसिम को राहत बितरण कार्यलाई निरन्तरता दिइ रहेको पाइएको छ ।

वर्तमान अवस्था मा “हुनेले दिएर जाऔं,नहुनेले लिएर जाऔं”कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएको कार्यक्रम सन्चालन भएको ठाउका स्थानिय वासिन्दा हरु बताउछन ।
यस्तै किसिमको कार्यक्रम सन्चालन काठ्माण्डौ १६ बालाजु गंगाहल पछाडी शुरु गरिएको एक हप्ता हुन लागेको छ ।
पछिल्लो समय सामाजिक अभियानमा उदयिमान अभियान्ता का रुप मा परिचित अर्घाखाँची का सचिन पाण्डे र बालाजु क्षेत्र का समाजसेवी युवा हुम्बा श्रेष्ठ को पहल मा यो कार्यक्रम सन्चानल गरिएको हो ।

अलि ठुलो राहत को प्याकेज बनाउँदा सबै को आखाँ लाग्ने र लिनको लागी भिड्भाड हुने विगत को अनुभव लाई हेर्दै यो कार्यक्रम तय गरिएको अभियान्ता हरु को दावी छ । कार्यक्रम राम्रो भएकोले नै सबैतिरबाट सहयोग जुटेको अभियान्ता हुम्बा श्रेष्ठ बताउछन ।

आज बालाजुमा सन्चालित यस कार्यक्रम को अवलोकन गर्दै का म पा १६ का वडा अध्यक्ष मुकुन्द रिजाल ले युवाहरु को यो प्रयास लाई हामी सबैले साथ र समर्थन गर्नु पर्छ भन्दै आवस्यक पर्दा आफुले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन ।अभियान बाट दैनिक ३० देखी ३५ जना सम्म ले सेवा लिइरहेका छन । राहत प्याकेज सानो भएको हुनाले वास्तविक पिडित मात्र आएको सन्चालक श्रेष्ठ बताउछन ।

भर्खरै

सम्बन्धित खबर

Language »