सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीद्धारा भरुवा बन्दुक सहित एक शिकारीलाई पक्राउ


नेपालगन्ज,सशस्त्र प्रहरीले अवैध भरुवा बन्दुकसहित बाँकेमा एक शिकारीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल (बिओपी) कालाबन्जारबाट सशस्त्र प्रहरी निरिक्षक सन्तोष डाँगीको कमान्डमा खटिएको गस्ती टोलीले बिहिवारराती १ बजे डुडुवा गाउँपालिका वडा नं–६ शिखनपुर्वाका ५६ बर्षीय अजित सिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ गरिएको बन्दुक लोड रहेको सशस्त्र प्रहरीले जनाएको छ । बन्दुक बोकेर रातमा हिडिरहेका सिंहले गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर भाग्नै लाग्दा उनलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका सिंह र भरुवा बन्दुकलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय हिरमिनिया बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »