सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रचना मोक्तानको “लडाइँ” कविता, कोरोना कहर र विश्व समुदायको प्रतिबिम्ब

कविता
“लडाइँ”
✍️ रचना मोक्तान
परमाणु बम जस्तै
सुक्ष्म ती सुक्ष्म
कोरोनाको किटाणु
अपशकुन बनेर
मृत्युको कफन बोक्दै
संसारभर विचरण गरेपछि
मच्चिएको छ एक
घगडान विश्वयुद्ध
यो विश्वयुद्ध लड्न
हरदम-हरपल
तैनाथ भएका छन्
सेता एप्रोन र पि.पि.ई. लगाएका
बर्दीधारी सिपाहीहरू
बोकेका छन् खोपका बन्दुकहरू
बोकेका छन् औषधिका क्षेप्यास्त्रहरू
तेर्स्याएका छन् सिरिन्जका मोजलहरू
खेलीरहेका छन् अस्पतालहरुपी ब्यारेकहरूको
परेड ग्राउन्डमा मृत्युकै चाँदमारी
बोकेका छन् औषधिका असंख्य गोलीहरू
जित्न लागेका छन् भिक्टोरिया क्रस
त्यसैले,
हामीले सम्मान गारद अर्पण गर्नैपर्छ
विश्वयुद्ध जित्ने अपराजेय सिपाहीहरूलाई
***

भर्खरै

सम्बन्धित खबर

Language »