सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भन्दै गलत प्रचार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर गलत प्रचार गर्ने एक जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न युट्युब च्यानलमा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको भन्दै अन्तर्वार्ता दिने सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको हो।

ललितपुरको ढोलाहिटीमा आयुर्वेदिक रिसर्च सेन्टर चलाउँदै आएका सुब्बा आफूलाई प्राकृतिक चिकित्सक बताउँदै अन्तर्वार्ता दिँदै आएका थिए।

सुब्बाले कोरोनाबाट मृत्यु हुनेको अन्त्यष्टिमा परिवारलाई समावेश नगराइनु, शव पनि नदेखाइनु र पोस्टमार्टम पनि नहुने गरेको भन्दै मृत्यु हुने व्यक्तिको अंग झिकेर तस्करी गरिँदै आएको आरोप लगाउँदै अन्तर्वार्ता दिँदै आएका थिए।

उनलाई ढोलाहिटीबाटै पक्राउ गरिएको महाशाखाका प्रमुख (एसएसपी) दीपककुमार थापाले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »