सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चौतर्फी जनदवाब पछी रिहा भए सबै नेवा: अभियान्ताहरु

काठ्माण्डौ

भदौ १८ गते पुल्चोकमा रातो मछिन्द्रनाथ को रथ तान्ने बिषय लाई लिएर झडप हुँदा बिभिन्न आरोप मा पक्राउ परेका सबै जना लाई आज जिल्ला प्रशाशन कार्यलय ललितपुरले रिहाइ गरेको छ। यस घटनामा जम्मा २० जन गिरफ्तार भएका थिए ।

पक्राउ परेका मध्य गत आइतवार प्रविण शाक्य ललितपुर–१६ भुल्खु, शुकबहादुर देउला ललितपुर–११ इमुखेल र दलबहादुर देउला ललितपुर–११ इमुखेल रिहा भएका थिए ।

त्यस्तै सोमवार ७ जना ललितपुर–११ बंगलामुखी पृथबिन्दु महर्जन, ललितपुर– ६ रवि शाक्य, ललितपुर– १६ गावाहाल महेश बज्राचार्य, ललितपुर इमाडोल– सुविन शाक्य, ललितपुर इमाडोल– ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी– ८ श्याम श्रेष्ठ, र मध्यपुर ठिमी– निरज वादे रिहा भएका थिए ।

मंगलवार का दिन ललितपुर– ११ तापा हिटी का अनिल खड्गी रिहा भएका थिए ।

बुधवारका दिन ललितपुर इमाडोल– अनिस महर्जन, ललितपुर– ७ पिलाछे रत्नलाल श्रेष्ठ रिहा भएका थिए भने विहिवार अरु बाँकी ललितपुर–२१ अशोज कुमार महर्जन, ललितपुर– १६ रविन शाक्य, काठमाडौं– १६, यादवलाल कायस्थ, ललितपुर– २० नंटोल नरेश शाक्य, , ललितपुर–१३ कुसन्त सञ्जय शाक्य, ललितपुर–११ करण देउला, र ललितपुर–११ देवेन्द्र देउला रिहा भएका छन्।

यो झडप को बिषय लाई लिएर सामाजिक संजाल मा बिभिन्न किसिमका टिका टिप्पणी समेत भएका थिए ।
अन्तत्: यो नेवार समुदाय लाई फुटाउने खेल भएको भन्दै उपत्यका मा मात्र नभै देशै भरी प्रदर्शन र मशाल जुलुश समेत हुन थाले पछी स्थिती लाई मत्थर बनाउन अभियान्ता हरु लाई रिहा गरेको एक नेवा: अभियान्ता ले सारा खबर लाई बताएका छन् ।

नेवा: समुदाय का बिभिन्न संघ संस्था तथा नागरिक स्तर बाट समेत गिरफ्तारी को आलोचना भएपछी ललितपुर महानगरपालिका का मेयर चिरी बाबु महर्जन ले पनि अभियान्ता हरु लाई निशर्त रिहा गर्न अपिल गरेका थिए ।
काठमाण्डौ उपत्यकाको सांस्कृतिक सम्पदा , भुमी ,लगायत अन्य कुरा हरु मा समेत प्रहार गरेर आफ्नो लुट को स्वार्थ पुरागर्न लागेका हरु को मुख मा यो घटना ले ठुलो बुझो लागेको नेवा: अभियान्ता हरु को बुझाइ छ ।
यो गिरफ्तारी र रिहाइ ले नेवा : समुदाय मा अझ भावनात्मक एकता बलियो भएको र यसलाई फुटाएर सासन गर्न खोज्ने हरु आफै बिलाएर जाने रिहाइ पछी एक अभियान्ता ले बताए ।

रिहाइ पछी को सामुहिक फोटो

भर्खरै

सम्बन्धित खबर

Language »