सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोल्पामा पर्खाल भत्किएर गोठ पुरिँदा दाजुभाइको मृत्यु

काठमाडौँ। गएराति पर्खाल भत्किएर गोठ पुरिँदा दुई भाइको मृत्यु भएको छ। पूर्वी रोल्पाको लुंग्री गाउँपालिका १ पाङ ऐपे गाउँमा पुरिएर दुई बालकको मृत्यु भएको हो।

लुंग्री गाउँपालिका अध्यक्ष दुर्गा खड्काका अनुसार गोठमा सुतिरहेका ज्ञानसिंह घर्ती मगरका दुई छोराको पुरिएरका हुन् ।

मृत्यु हुनेमा ११ वर्षका युवराज र ८ वर्षका अमर घर्ती मगर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए।
गोठमै सुतेका आमा र बजैको अवस्था सामान्य छ।

स्थानीयका अनुसार वर्षाका कारण पर्खाल भत्किएको हो । उनीहरु खाना खाएर घर नजिकैको गोठमा सुत्न गएका थिए।

मध्यरातमा गोठ पुरिएर दुई छोरा पुरिएपछि आमाले गुहार मागेकी थिइन्। गाउँलेले घटनास्थल पुगेर उद्दार गरेका थिए। गोठमा रहेका गाई भैंसीको दाम्लो खोलेर बाहिर निकालिएको थियो।

घटनाको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाई मृतकको शव पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा ल्याइरहेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »