सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भक्तपुर मृत्यु प्रकरण : श्रीमती र छोराको हत्यापछि विष सेवन

भक्तपुर। भक्तपुरमा एकै घरका ३ जना मृत भेटिएको घटनामा प्रहरीले गरेको प्रारम्भीक अनूशन्धानमा पारिवारिक कलहका कारण भएको तथ्य फेला पारेको छ ।

शुक्रबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका ३ जनाको शव फेला परेपछि प्रहरीले घटनाबारे अनूशन्धान गरिरहेको छ ।

उनीहरु एकै परिवारका श्रीमान, श्रीमती र छोरा रहेका छन् । प्रहरीको प्रारम्भीक अनूशन्धानबाट श्रीमानले श्रीमती र छोराको ह’त्या गरेर आफूले पनि आसत्महत्या गरेको खुलेको छ । प्रहरीका अनुसार घटना भएको घरको पहिलो तलामा छोरा सुशान्त, दोस्रो तलामा उनकी आमा सम्झनाको शव र तेस्रो तलामा सुदिपको शव फेला परेको थियो ।

शुदिपका छोरा १५ बर्षका थिए भने श्रीमती सम्झना ३४ बर्षकी थिइन् । सम्झना र शुसान्तको शव टाउकोमा धारिलो हतियार प्रयोग गरी गहिरो चोट लागेको अवस्थामा रहेको तर सुदिपको शरीरमा चोटपटक नभएकोले घटना गराउनमा शुदिपकै हात रहेको प्रहरीको अनुमान छ ।

सुदिपले छोरा र श्रीमतिको हत्यापछि बिष सेवान गरेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेपनि पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन । उनीहरु तीनै जनाको शव परीक्षणका लागि त्रिवी शिक्षण आस्पताल महाराजगञ्जमा राखिएको छ ।

पोष्टमार्टम रिपोर्टपछि थप जानकारी आउने प्रहरीले जनाएको छ । शुक्रबार घटना भएको थाहा पाएपछि सुदिपका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो । उनीहरुको घरमा एउटा कुकुर पनि मृत भेटिएको थियो । सो कुकुर पनि विष खाएको कारण मरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले अनूशन्धानका क्रममा सो घरमा पारीवारिक कलह हुँदै आएको तथ्य पनि फेला परेको जनाएको छ । प्रहरीले छिमेकीमा सोधपुछ गर्दा श्रीमान श्रीमतिबीच विवाद हुँदै आएको बताएका छन् ।

केहि समयअघि सम्म श्रीमानले जागिर गर्ने गरेको तर पछिल्लो समय जागिर छाडेपछि घरमा कलह हुँदै आएको छिमेकीले बताएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »