सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आन्तरिक राजश्वमा नेपालगन्ज बाणिज्य संघको परामर्श केन्द्र


नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको समन्वयमा व्यवसायिक कर सेवा तथा परामर्श केन्द्र सन्चालनमा ल्याएको छ ।


संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उक्त सेवा केन्द्रको मंगलवार रिवन काटेर उद्घाटन गरे । सेवा केन्द्रबाट नयाँ व्यवसायी एवं करदाताहरुका लागि बार्षिक बिस लाखसम्म ब्याबसायी कारोबार गर्ने ( डे वान फारम भर्ने ) कर चुक्ता प्रमाण पत्र , प्यान नम्बर लिनको लागि अनलाइन फारम भर्ने जस्ता काम गरिन्छ ।
बहुसंख्यक सेवाग्राहीको सहजता एवं छिटोछरितोका लागि पहिलो पटक उक्त सेवा सन्चालन गरिएको भन्दै अध्यक्ष मन्सुरीले बढि भन्दा बढि सेवाग्राहीलाई लाभ उठाउन अनुरोध गरेका छन् ।


यसअघि यि सेवा लिनका लागि सेवाग्राहीलाई समस्या हुने भए पनि अब भने छिटो र छरितो हुने गरी काम हुने महासचिव चिरञ्जीवी ओलीले बताए । उक्त सेवा सन्चालनका लागि संघले कर्मचारी खटाएको छ ।


पहिलो दिन सेवा लिन आएका सेवाग्राहीलाई संघले सम्मान एवं स्वागत गरेको छ । कोभिड महामारीका बेला सामाजिक दुरी समेत कायम गरी गरिने सेवाप्रवाहबाट व्यवसायीहरु खुसी हुने अपेक्षा गरिएको छ ।


करदाता सेवा केन्द्र उद्घाटन कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्त टंकबहादुर धामी लगायत कार्यसमिति सदस्य एंव कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »