सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो

काठमाडौं। कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ महिला र १ जना पुरुष रहेको बताए ।

मृतक महिलामा मोरङकी ६४ वर्षीया, चितवनकी ३६ वर्षीया र कैलालीकी ५७ वर्षीया रहेकी छिन् ।

त्यसैगरी काठमाडौँका ८७ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ३८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जनामा १२ सय ४६ कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यो सहित संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »