सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अग्रज ब्यवसायि राहीको निधन


नेपालगन्ज, नेपालगन्जलाई ब्यापारिक शहर बनाउन लागिपरेका धम्वोझीचोकमा रहेको राही मार्टका सन्चालक हाजी खुर्सिद अहमद राहीको निधन भएको छ ।

मार्टका रुपमा स्थापित ब्राण्ड बनाउन सफल व्यवसायीको निधनले धेरैलाई स्तब्ध बनाएको छ । राही मार्ट नेपालगन्जमा सबैभन्दा ठूलो मार्टका रुपमा परिचित छ ।

घरवारीटोलमा उहाले खुद्रा पसल सन्चालन समेत गरेको उद्योग वाणिज्य संघका अधयक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो ।
जीवनभर सघर्ष गरेका राहीको अल्पायुमै निधन भएको हो । बुधवार बिहान उहाको निधन भएको हो ।

बिरामी पछि उपचार गराइरहेका राहीको निधनले धेरैलाई स्तब्ध बनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले राहीको निधनबाट नेपालगन्जको निजीक्षेत्रले एकजना असल व्यवसायी गुमाएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »