सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

केटकेटीलाई ललाई-फकाई सुनचाँदीका गहना लुट्ने पक्राउ

काठमाडौं । उपत्यकाको विभिन्न स्थानहरु बाट स-साना बालबालिकाहरुलाई ललाई फकाई कानको मुन्द्रा लुटपाट गर्ने र सो खरिद गर्ने कार्यमा संलग्न दुईजना लाई प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौंको बालाजु मनमैजु, कपन, कपुरधारा, गल्कोपाखा, स्युचाटार, कोटेश्वर, बालकुमारी, गोठाटार, पानी ट्याङ्की, महांकाल, आरुबारी, नारायणटार लगायतका ठाउँहरूबाट बिभिन्न मितिमा २२ पटक साना बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र सुन किन्ने पुरुषलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलिले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ।

हालसम्म २० जना अभिभाबकहरू प्रहरी सम्पर्कमा आएका तथा केही प्रहरी सम्पर्कमा आउन बाँकी रहेका छन । साथै आफ्ना बालबालिकालाई अपरिचित व्यक्तिसँग कसरी सुरक्षित हुने भनेर सिकाएमा भविष्यमा पुनः यस प्रकृतिका घटनाहरू नदोहोरिने नेपाल प्रहरीले आग्रह गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »