सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हराएको भनिएको ११ नम्बर सीमा स्तम्भ फेला पर्यो

काठमाडौं । हराएको भनिएको चीन नेपाल सीमाको ११ नम्बर सीमा स्तम्भ भेटिएको छ। हुम्लाको नाम्खा गाउँपालिका ६ लाम्चाको माथि ताकु लेकमा उक्त स्तम्भ भेटिएको हो।

प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले भेटेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए। यो सीमा स्तम्भ २०१९ सालमा नेपाल चीन सिमांकन हुँदा स्थापना गरिएको थियो।

सीमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरीले स्तम्भ नभेटिएको सूचना दिएपछि प्रमुख जिल्ला अधिकारीसहित निरीक्षण टोली सो क्षेत्रमा गएको थियो।‘खोज्दै खोजिएको थिएन, त्यसै नभेटिएको भन्ने कुरा आएको होला’, उनले भने, ‘अहिले खोजियो भेटियो । ’ उनले अनुमान गरिएकै क्षेत्रमा स्तम्भ भेटिएको बताए।

उता चीनले लाम्चा उपत्यकाको लोलुङजोङमा ११ वटा वटा भवन बनाएको छ। स्थानीय बासिन्दाले त्यो भूभाग नेपालको भएको बताउँदै आएका छन्। चीनले भने उक्त भवन आफ्नै जमिनमा बनाएको दाबी गरेको छ। नेपाल सरकारले सीमाबाट १ किलोमिटर चीनतर्फ ती भवन बनाएको जनाएको छ। गाउँपालिका अध्यक्ष लामाले यस क्षेत्रमा चीन बनाएका भवनको बारेमा अनुसन्धान नगरी यसै भन्न नसिकने बताए। ‘यो प्राविधिक विषय हो, हामीले भन्ने होइन’, उनले भने।

उनले आफू छिटो फर्किएको र प्रमुख जिल्ला अधिकारी गिरीको टोली भने अझै निरीक्षणमा नै रहेको बताए। उक्त पिलर समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा छ। यो स्तम्भ मर्मत गर्न गएका नापी विभागका तत्कालीन प्रमुख नापी अधिकृत बलराम पोखरेल प्राविधिक टोली विवादको टुंगो लगाउनु पर्ने बताउँछन्।

भर्खरै

सम्बन्धित खबर

Language »