सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घरमै बसिरहेको बेला अज्ञात समूहद्धारा महिलाको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट। रौतहटमा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएको छ । जिल्लाकाे देबाही-गोनाही नगरपालिका– ५, टिकुलियामा शुक्रबार बेलुकी घरमै बसिरहेको अवस्थामा एक समुह आएर आक्रमण गर्दा घाइते भएकी जगरनिया देवीको मृत्यु भएको हो ।

सोही आक्रमणमा परेर घाइते भएका उनका श्रीमान महेश तिवारी पनि गम्भीर घाइते भएका छन् । उनको वीरगन्ज स्थित न्युरोड अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।

आक्रमणपछि गम्भीर घाइते भएका दुबैजनालाई थप उपचारको लागि वीरगन्ज लगिएकोमा श्रीमती चाहिँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले घटनामा संंलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा अक्षेलाल मुखिया, कविन्द्र मुखिया र बलि मुखिया रहेका छन् । घटनामा संलग्न रहेर फरार रहेका विजय मुखिया र रामबलि मुखियाको खोजी कार्य जारी रहेको छ ।

उनीहरूबीच पुरानो रिसइबीका कारण आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »