सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उद्योग वाणिज्य संघले दियो प्रदेश सरकारलाई धन्यवाद

नेपालगञ्ज, प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले गरेकोे नेपाल–भारत सीमामा हुने आवातजावतलाई निरुत्साहित गर्न गरिएको निर्णयप्रति नेपालगंज उद्योग वाणिज्य संघ स्वागत गरेको छ ।

मुख्य मन्त्री शंकर पोखरेलको अध्यक्षतामा रहेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले कोभिड–१९ को हालसम्मको आकलन गर्दै यसको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने एवम् नेपाल र भारत बीचका तोकिएका सीमानाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्ड अनुसार आवागमनको व्यवस्था गर्ने, हेल्थ हेस्क राख्ने, अभिलेख राख्ने र आवश्यक सचेतनाका लागि प्रचार÷प्रसारको व्यवस्था सम्बन्धित (जिल्ला प्रशासन कार्यालय) म्ऋऋःऋ ले मिलाउने निर्णय गरेको हो ।


कोभिड–१९ को उच्च सङ्क्रमणलाई मध्यनजर गर्दै चाडपर्वको समयमा नेपाल र भारत बीच हुने छोटो अवधिको आवत जावतलाई पूर्व नियन्त्रण तथा निरुत्साहित गर्ने निर्णयप्रति संघको पूर्ण सर्मथन रहेको जनाएको छ ।

संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी वलीले सोमबार विज्ञप्ती जारी गरी सीमानाकाको प्रभावकारी एवं दिर्घकालिन व्यवस्थापनका लागि पहल गर्दै आईरहेको अवस्थामा प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले गरेको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि संघीय तथा प्रदेश सरकारले तत्परता देखाउन आवश्यक भएको उल्लेख गर्नुभएको छ ।

संघले नेपाल र भारत बिच धार्मिक, सांस्कृतिक एवं आर्थिक सम्बन्ध रहेता पनि कोभिडका कारण उत्पन्न परिस्थितीको सामना गर्नका लागि सरकारले हाल सम्म गरेका निर्णयहरु पालना गर्नुको विकल्प नरहेको अवगत गराउँदै सीमानाका व्यवस्थापनको लागि दिर्घकालिन एवम् स्थायी योजना बनाउन नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »