सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जोखिम वस्ती स्थानान्तरण सम्वन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदन -२०७७” गृह मन्त्रालयलाई हस्तान्तरण

काठ्माण्डौ / लगातारको प्राकृतिक विपदका कारण भएका मानवीय र भौतिक क्षतिको पीडा भोग्दै आइरहेका सिन्धुबासीले अबका दिनहरुमा यस प्रकारका प्राकृतिक विपदलाई कसरी न्यूनीकरण र व्यवस्थापन गर्न सकिन्छ भन्ने ध्यान दिदै जिल्ला समन्वय समितिको तर्फबाट प्राकृतिक विपद्का कारण जोखिममा रहेका बस्तिहरुको स्थानान्तरण सम्बन्धि प्रारम्भिक सर्वेक्षण प्रतिवेदन माननीय गृह मन्त्री रामबहादुर थापा “बादल” लाई हस्तान्तरण गरिएको छ ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा बनेको जोखिमयुक्त बस्ती स्थानान्तरण तथा जग्गा व्यवस्थापन कार्यदलले सरोकारवाला स्थानीय पिडित, जिल्लामा क्रियाशील राजनीतिक दलहरु र स्थानीय सरकारको सहयोग,समन्वय र सहकार्यको आधारमा तयार पारिएको “जोखिम वस्ती स्थानान्तरण सम्वन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदन -२०७७” गृह मन्त्रालयलाई हस्तान्तरण गरेको हो । ।
मन्त्रालयमा आयोजित छलफलमामा मा.गृहमन्त्रि रामबहादुर थापा बादल,गृह सचिव महेश्वर न्यौपाने, रास्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणका प्रतिनिधि लगायतको उपस्थिती थियो भने सिन्धुपाल्चोक जिल्लाबाट मा. शेर व .तामाङको नेतृत्वमा सर्वपक्षीय टोलि सहभागी भएको थियो ।
वुझाएको प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्रीले जाडो मौसम शुरु हुन लागेकोले सम्भावित चिसोबाट नागरिकलाई सुरक्षित राख्न अस्थाई न्यानो वासस्थानको व्यवस्था र वस्ती स्थानान्तरण लगायत प्रतिवेदनमा उल्लेख भएका सवालहरुलाई सरकारले सम्वोधन गर्दै विपद व्यवस्थापन गरी नागरिकलाई सुरक्षित राख्न सिन्धुपाल्चोकलाई नमूना जिल्ला बनाउने प्रतिवद्दता दो-होराउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »