सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देउखुरीमा प्रदेश राजधानी बनाउने नेकपाको निर्णय

नेपालगञ्ज, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठकले प्रदेश नाम र राजधानीका सन्दर्भमा सरकारले दर्ता गरेको प्रस्तावको समर्थन गरेको छ ।

संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेश सभामा दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेकोे छ ।

शनिबार बिहान शुरु भएर दिउँसो सकिएको बैठकले सबै सभासदहरुले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो । प्रदेश मन्त्री परिषद्को निर्णय लगत्तै शुक्रबार उक्त प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।

बैठकमा कतिपय सभासदले असहमतिका धारणा पनि राखेका थिए । प्रमुख सचेतक ढकालका भनाईमा सभासदहरुले खुलेर आआफ्ना धारणा राख्नुभएको थियो । तर अन्तिममा मतदानका बेला प्रदेश सभामा पार्टीका सबै सभासद एक हुने र प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको छ ।

आबश्यक पर्दा पार्टीले सभासदहरुलाई ह्रविप लगाउन सक्ने उहाँले बताउनुभयो ।
बैठक संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बसेको थियो ।
बैठकमा मुख्यमन्त्री पोखरेलले प्रस्तावका पक्षमा एकमत हुन र मतदान गर्न सभासदहरुलाई निर्देशन दिनुभएको थियो ।

प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१, बिपक्षी नेपाली कांग्रेसका १९,मधेस केन्द्रित दलका ६,राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासद छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »