सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुईको मृत्यु, तीन जना गम्भिर घाइते

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका- गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हेटौंडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »