सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुरक्षाकर्मीलाई युवा संघ नेपालले बाँकेको सर्जिकल मास्क

नेपालगञ्ज , नेकपा निकट युवा संघ नेपालले बाँकेले कोभिड–१९को महामारीमा फ्रन्टलाईनमा खटेर सेवा दिने सुरक्षाकर्मीको लागि १० हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् ।

संघका जिल्ला संयोजक कुश्माखर बस्यालले बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक राम बहादुर कुरुम्बाङ्गलाई उनकै कार्यकक्षमा पुगेर हस्तान्त्रण गरेका हुन ।


कोभिड–१९ को महामारीको संग्राममा सेवा दिदै आएका सुरक्षाकर्मीलाई संक्रमणबाट जोगाउन संघको पहलमा सर्जिकल मास्क उपलब्ध गराईएको संयोजक बस्याल्ले जानकारी दिए । उनले आवश्यक परेको बेलामा अन्य सहयोग पनि गर्न संघ पछि नपर्ने प्रतिबद्धता जनाए ।


सो अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले सुरक्षाकर्मीलाई लक्षित गरी उपलब्ध गराईएको सर्जिकल मास्कले कोभिड–१९ रोकथामको लागि मद्दत पुग्ने विब्वास व्यक्त गरे । उनले कोभिड–१९ रोकथामको लागि सचेतना फैलाउन तथा अन्य क्षेत्रमा सहयोग गर्नको लागि संघलाई आग्रह गरे ।


सो अवसरमा नेकपा जिल्ला कमिटी सदस्य तथा युवाफाँट ईन्चार्ज रतन शाही, संघका केन्द्रीय सदस्य दिपक जिएम, जिल्ला ईन्चार्ज सुरज सादा, सह ईन्चार्ज खेमराज शर्मा, नेपालगञ्ज उपमहानगर ईन्चार्ज किशोर थापालगायतको उपस्थितिमा सो सर्जिकल मास्क हस्तान्त्रण गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »