सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नगर प्रमुखलाई एकल महीलाहरुको ध्यानाकर्षण पत्र


नेपालञ्ज, नेपालञ्ज उपमहानरपालिकाको वडा न १ ले एकल महीलाहरुको भावनामा चोट पु¥याएको भन्दै द्धन्द्धपीडित एकल महीलाहरुले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् ।


द्वन्द्व पीडीत तथा एकल महिला संजाल बाँकेले आज नेपालगंज उपमहानगरपालिका नगरप्रमुख डा. धवल शम्सेर राणालाई ज्ञापन पत्र बुझाएको हो ।


द्धन्द्व पीडीत तथा एकल महिला संजाल बाँके अध्यक्ष जयन्ती केसी र संस्थापक अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष शोभा बीसीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपालगंज उपमहानगरपालिका १ नं. वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता अन्र्तगत विधवा भत्ताका लागि आवेदन दिनु भएका र आवेदन दिनु हुने सम्पूर्ण एकल महिलाहरुले अर्को विवाह नगरेको प्रमाणित प्रतिलिपी, सामाजिक सुरक्षा भक्ता निवेदन पेश गर्दा अनिवार्य पेश गर्नको लागि सार्वजनिक सूचनामार्फत अनुरोध गरेकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।


सूचना सार्वजनिकताले सम्पूर्ण एकल महिलाहरु मर्माहित भएको र निजहरुको आत्म सम्मानमा पनि गहिरो चोट पुगेको ठहर गर्दै सो ब्यवस्थालाई खारेज गरि सामाजिक सुरक्षा ऐन एकल महिला मैत्री संसोधनका लागि पहल गर्न पनि ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।

अध्यक्ष केसी र संस्थापक अध्यक्ष बीसीले नगर प्रमुख राणालाई ज्ञापन पत्र बुझाउँदै एक महीलाको भत्ताको सहज उपलव्धताको व्यवस्था गर्न माग गर्नु भयो । नगर प्रमुख राणाले ध्यानाकषर्ण पत्रको मर्म केन्द्रीय सरकार समक्ष पु¥याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।


पछिल्लो समयमा सामाजिक सुरक्षा ऐन २०७५ संसोधनको प्रकृयामा रहेको र तत्त्कालिन अवस्थामा राज्यले ६० वर्ष मुनिका एकल महिलाहरुलाई पनि असहाय भत्ता स्वरुप निरन्तर प्रदान गरिरहेकोमा अहिले केही स्थानीय तहले सूचना सार्वजनिक गरेर एकल महीलाको भावनामाथि प्रहार गरेको बताइएको छ । यो आवाज देशव्यापी उठदैछ ।

भर्खरै

सम्बन्धित खबर

Language »