सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यका : नियन्त्रणबाहिर संक्रमण, यी २२ वटा वडा बने हटस्पट

काठमाडौं। काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन् ।

अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्। बुधबार उपत्यकामा १६ सय ८४ संक्रमित उपत्यकामा थपिएका थिए भने बिहीबार २५ सय ४० जना थपिएका थिए।

देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन्। यसरी थपिएकामध्ये अधिकांश काठमाडौ महानगरभित्रका धेरै छन्।

काठमाडौंमा हालसम्म २९ हजार ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये महानगरपालिकामा मात्र १२ हजारभन्दा बढी छन्। महानगरमा असोज २१ गतेसम्म कोरोना संक्रमितको संख्या १२ हजार ४ सय २४ पुगेको छ। ४ सयभन्दा धेरै पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ।

महानगरका सवै वडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ। सवै वडाका संक्रमितले ज्यान गुमाइरहेका छन्।

महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ। महानगरको स्वास्थ्य शाखाले उपलव्ध गराएको तथ्यांअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ। संक्रमितमध्ये ४ हजार २ सय ५७ जना होम आइसोलेसनमा छन्।

यस्तै, अस्पतालमा ६ सय ५७ जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ५ सय ३३ जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।

हालसम्म महानगरमा ६ हजार ७ सय ५३ जना संक्रमणमुक्त भएका छन्। महानगरले २२ हजार ९ सय ७० जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् २५ सय ६६ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

काठमाडौं महानगरका २२ वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्। सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा एक हजार १९ जनामा संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ।

सँगै रहेको वडा नं १६ बालाजुमा ८ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ४ जना संक्रमितले ज्यान गुमाएका छन् । वडा न ३ महारागञ्जमा ५ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ भने एक जना मृत्यु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »