सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उप–महानगरपालिकाको आप्mनै ग्यारेज


नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक ग्यारेज सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १३ मा जिल्ला समन्वय समिति बाँकेले उपलब्ध गराएको जग्गामा आधुनिक ग्यारेज निर्माण गरि आईतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले आधुनिक ग्यारेजको उद्घाटन गर्नुभयो ।

ग्यारेज सञ्चालनमा आएपछि नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सवारी साधनको मर्मतसम्भार यहि हुने प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो । नगरकोआप्mनै ग्यारेज भएपछि फोहर ब्यवस्थापनमा थप सहज हुने केसीले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »