सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चक्रपथ विस्तारको दोस्रो चरणमा गोंगबुको आकाशे पुल भत्काइयो

काठमाडाैं। चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत ‘साइड क्लियरेन्स’ अन्तरगत नयाँ बसपार्कस्थित गाेंगबु चाेकमा रहेकाे आकाशे पुल भत्काइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि बिहीबार रातिबाट काठमाडौं महानगरपालिकाले पुल भत्काएको हो ।

पुल निकालिएपछि पुलमा प्रयोग भएका सामग्रीहरु नगरपालिकाले जिम्मा लिने सडक आयोजना प्रमुख अर्जुन सुवालले जानकारी दिए ।

पुलका पिलरहरु पनि चाँडै भत्काउनु पर्ने भए तापनि व्यापारीहरुले सटर प्रयोग गरिरहेकाले तत्काल भत्काउन नसकिएको उनको भनाइ छ ।

आइतबार मन्त्रालयमा बसेको बैठकले सडक विस्तारका क्रममा अवरोध हुनसक्ने ‘हाई भोल्टेज टावर’ रहेका बिजुलीका पोल हटाउने निर्णय गरेको थियो ।

निर्णयअनुसार नै मन्त्री नेम्वाङ्ले सडक आसपासका बिजुलीका पोलहरु एक महिनाभित्रै हटाउन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »