सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बलात्कारमा जस्ता जघन्य अपराध मिलापत्र गराउने कार्य रोक्न स्थानीय तहलाई निर्देशन

काठमाडाैं। बलात्कारजस्तो जघन्य अपराधमा पनि मिलापत्र गराउने कार्यमा जनप्रतिनिधिहरु नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको बेला सरकारले त्यस्ता काम रोक्न सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै त्यस्ता गतिविधिमा रोक्न भनेको हो ।

यसअघि सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ मा पञ्चायत बसेर बलात्कार पीडित र पीडकबीच मिलापत्र गराइएका समाचार सार्वजनिक भएको थियो । पीडित युवतीलाई प्रहरीमा उजुरी गर्न जानसमेत रोक लगाइएपछि ती युवतीले आत्महत्या गरेकी थिइन् ।

यस्तै प्रकृतिका घटनाहरु सार्वजनिक भएपछि महान्यायाधिवक्ताको कार्यालयले पनि चासो व्यक्त गर्दै त्यस्ता कार्य रोक्नका लागि प्रवर्द्धनात्मक तथा निरोधात्मक कार्यहरु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »