सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्ती साेनारी राष्ट्रिय युवा संघकाे संयाेजकमा समिर विष्ट चयन


नेपालगन्ज, सत्तारूढ ढल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट राष्ट्रिय युवा संघ राप्ती सोनारी गाउँपालिकाकाे संयोजकमा समीर बिष्ट चयन भएका छन् ।

नेकपाकाे पार्टी एकीकरण संगै युवा संगठन समायाेजन गर्ने क्रममा राप्ती साेनारि गांउपालिकाकाे समायाेजनबाट विष्ट चयन भएका हुन् ।

अत्यन्तै लाेकप्रिय युवा नेताका रुपमा परिचित विष्टलाई राप्ती साेनारी गाउंपालिकाकाे संयाेजककाे रुपमा जिम्मेवारी दिदा अत्यन्तै खुशि भएकाे एक स्थानीयले बताएका छन् ।


त्यसैगरी बुधबार राष्ट्रिय युवा संघ बाँकेले जिल्ला कार्यसमिति सदस्यमा घनस्याम वलि र ज्ञानेन्द्र वलि लाई समेत चयन गरेकाे छ ।

द्वय वलि कोभिड -१९ महामारीका समयमा स्थानियबासिहरुकाे मद्दतका लागि खटिरहने, स्थानिय बासिका हक हित निम्ति लड्ने गरेकाे पाईएकाे छ ।


लामो समय पछि राष्ट्रिय युवा संघ बाँकेले जिल्लाका आठ वटा स्थानीय निकायको साथै जिल्ला कमिटिको टुङ्गो लगाएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »