सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजदेखि भर्चुअल माध्यमबाट पृतनापति सम्मेलन सुरु,प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौं। नेपाली सेनाको पृतनापति सम्मेलन सुरू भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन्।

मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे समीक्षा गर्न आजदेखि भर्चुअल माध्यमबाट सम्मेलन सुरू भएको हो।

सम्मेलन तीन दिनसम्म सञ्‍चालन हुनेछ। सम्मेलनमा ८ जना पृतनापतिहरूले आ-आफ्नो कार्यक्षेत्रमा भएका उपलब्धि, चुनौती र समाधानका गर्नुपर्ने काम समेटिएको विषयमा रिपोर्टिङ गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे सहभागीहरूबीच समीक्षा हुने नेपाली सेनाले जनाएको छ। सेनाले ६/६ महिनाको अन्तरमा पृतनापति सम्मेलन गर्दै आएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »