सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरी बल विओपी जमुनाह द्वारा अवैध सामग्री बरामद


नेपालगञ्ज , सशस्त्र प्रहरी बाँकेले भारतबाट अवैधरुपमा ल्याइँदै गरेको सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जमुनाह गाउँ नजिकैबाट बेबारिसे अवस्थामा रहेका अवैध सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरिक्षक सन्तोष कुमार शर्माको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोली आज १ लाख ४३ हजार मूल्य बराबरको कपडा, जुत्ता, पिपिई सेट, कस्मेटिक सामान, सुर्तीजन्य पदार्थ लगायत एक पाइडल रिक्सा बरामद गरेको हो ।

नयाँ तरिकाले तस्करी गरेर रिक्सामा सामान ल्याइएपनि सशस्त्र प्रहरीको चलाखीले अवैध सामग्री बरामद भएको छ ।

बरामद गरिएका सामग्री आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको छ । सशस्त्र प्रहरी बल विओपी जमुनाहले जनाएको छ । सीमानाका सील गरिएपनि अवैध चोरी पैठारी भने रोकिएको छैन् ।

भर्खरै

सम्बन्धित खबर

Language »