सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रकार त्रिपाठीलाई मातृ शोक


नेपालगन्ज, अवधी पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष, सत्यमखबर डटकम सञ्चालक तथा समाज जागरण साप्ताहिकका प्रकाशक चन्द्रेश्वरराज त्रिपाठीलाई मातृ शोक परेको छ ।


नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं ६ निवासी त्रिपाठीका ममतामयी आमा ७७ वर्षिया सावित्रीदेबी त्रिपाठीको शुक्रबार दिउंसो १२ः४५ बजे निज निवास मै निधन भएको घटनाप्रति अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमिति स्तब्त भएको छ ।

स्वर्गिय त्रिपाठी केही दिनदेखि सामान्य ज्वरो आएर अस्वस्थ हुनुभएको थियो ।


शोकको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्दै अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले हार्दिक श्रद्धाञ्जली अपर्ण गरेको संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्रद्वारा जारी शोक बक्तब्यमा जनाइएको छ ।


स्वर्गिय त्रिपाठीको शनिबार राप्ती नदीको सिधनिया घाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टी गरिएको थियो ।


उहाँका ६ वटा छोरा÷बुहारी, २ छोरी, १३ वटा नाती÷नातिन, १ छोरी पनातिनी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »