सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अभिनेता मिलिन्द सोमन जन्मदिनको अवसरमा समुद्री किनारमा नांगै दौडिँदा मच्चियाे हंगामा

नयाँदिल्ली। अभिनेता मिलिन्द सोमनले यही बुधबार आफ्नो ५५ औँ जन्मदिन भव्य रुपमा मनाए । उनका अघिल्ला जन्मदिन भन्दा यस वर्षको जन्मदिन विशेष र रोचक पनि बन्यो ।

धेरै प्रशंसक र सुभचिन्तकले पहिले झैँ उनलाई बधाइ त दिए नै। सोमनको नयाँ तस्बिरले धेरैलाई अचम्भित पनि तुल्यायो । रोचक त के भने सोमनले जन्मदिनको अवसरमा समुद्री किनारमा नांगै दौडिँदै गरेको तस्बिर सार्वजनिक गरे ।

इन्स्टामा उनले राखेको उक्त फोटोलाई हेरेर धेरैले उनको प्रशंसा नै गरे । यद्यपि केहीले त्यसको कडा आलोचना पनि गरे । सोमनको तस्बिर उनकी २७ वर्षीया पत्नी अंकिता कोंवरले खिचिदिएकी थिइन् । जन्मदिनको अवसरमा सोमनले पत्नीको साथमा रहेका र व्यायाम गरिरहेका अरु पनि थुप्रै फोटो राखेका छन् ।

खासमा सोमन एक फिटनेस इन्स्टक्टर समेत भएकाले उनको शारीरिक स्फुर्तीलाई हेरेर धेरैले प्रशंसा गर्ने गर्छन् । उनको नग्न तस्बिरमा उनी जसरी दौडिँदै थिए त्यहाँ पनि ५५ वर्षको उमेरमा उनको स्टामिना अरु युवाले समेत देखाउन नसक्ने भन्दै धेरैले प्रशंसा गरे ।

यही दिन बलिउड अभिनेत्री पुनम पाण्डेले पनि अर्धनग्न तस्बिर राखेकी थिइन् । त्यसो त उनले पहिले पनि न्युड फोटो राख्ने गरेकी थिइन् । पुनमका तस्बिरले भने प्रशंसा पाउनुको सट्टा कडा आलोचना खेप्नुपरेको हुन्छ । यतिसम्म कि पुनमले फोटो राखेकै कारण केही मुद्दा समेत झेल्नु परेको छ ।

यस्तैमा फिल्मकर्मी अपूर्व अस्रानीले सोमन र पुनमलाई हेर्ने द्वैद शैलीप्रति कडा आलोचना गरेका छन् । सोमनले नग्न तस्बिर राख्दा प्रशंसा हुने तर पुनमको आलोचना किन हुन्छ ? भन्दै अपूर्वले ट्वीटरमा लेखेका छन् । भारतीय समाजमा पुरुषको नग्नतालाई प्रशंसा गर्ने तर महिलाको नग्नतालाई अश्लिल र चरित्रहीन भन्दै गाली गर्ने शैलीको अपूर्वले विरोध गरेका हुन् ।

एजेन्सीकाे सहयाेगमा

भर्खरै

सम्बन्धित खबर

Language »