सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वकै एक फरक स्वतन्त्र अभियान, वाग्मती सफाई महा—अभियानको बाह्रबर्ष — शम्भु उप्रेती

“राष्ट्रको लागि हप्ताको दुई घन्टा” भन्ने मूल नारा सहितको नागरिक समाजका सहृदयी मानिस हरुको स्वच्छीक सहभागिता बाट थालनि गरिएको राष्ट्रको लागि निःस्वार्थ योगदानको नाम हो वाग्मती सफÞाई महा—अभियान ।
वाग्मती नदीको सभ्यता र संस्कृति बोकेको उदगम स्थल शिबपुरी देखी चोभार सम्म लक्षित ” वाग्मती सफाई महा अभियान” को निरन्तरताको एघार बर्ष पुरा भई बाह्रबर्ष थालनिको सुखद उपलक्ष्यमा स्थानीय सरकार, सेना, प्रहरीहरु, गÞैर सरकारी संघ संस्था, बिद्यालयहरु, नागरिक समाज धार्मिक संघसंस्था,स्वयंसेवीहरु लगायत मिडीया हरु संगको समन्वयमा यहि आउदो २०८१ ज्येष्ठ ५ गते वाग्मती किनारा स्थित तिलगंगा आखा अस्पताल परीसरको चौरमा भब्य समारोहको आयोजनाको सान्दर्भीक बिबेचना हरु पस्कने जमर्को गर्नु बान्छनिय हुनेछ ।
यस स्वयंसेवी अभियानका उपलब्धि हरु र जनचेतनामा आएको सकारात्मक परिणाम लगायत बिबिध बिषय हरुलाई समेटनेगरी भब्य समारोहको आयोजना गरीने छ । राजधानीमा अवस्थित पबित्र वाग्मती नदीको स्वच्छतामा तिब्र रुपमा प्रदूषण नियंत्रण बाहीर जादै गरेको अबस्था लाई मध्यनजर गरी भबिश्यमा बढ्दो जनसंख्याको चाप संगै आई पर्ने याबत वातावरणीय र प्रर्यावरणीय चुनौती हरुलाई दशकौ अघि पूर्वानुमान गर्ने कृषि बैज्ञानिक समेत रहेका सामाजिक चिन्तक स्व डा। हूतराम बैधको सत् प्रयास स्वरूप वाहाको जागरण झल्कने लेख रचना सामग्री लगायतका माध्यम बाट जनमानस एवं राष्ट्रका जिम्मेवार निकायहरुमा नदी सफÞाई अभियानको महत्वपूर्ण भूमिका स्वरूप वाग्मती सफÞाई अभियानको कल्पना लाई यथार्ततामा बदल्ने सत्प्रयासको सुरुवात गरीएको पाईन्छ ।
हाल सम्म करीब १५ लाख मानिस हरु बाट कÞरीब २० हजÞार मेट्रिक टन फोहर जन्य बस्तुहरुको संकलन गरी बिसर्जन गरीएको अनुमान गरीएको छ ।
गायत्री परिवार हरीद्धार बाट पाल्नु भएका ७५ जना अध्यात्मिक समूहका परोपकारी भाबना भएको मानिस हरु बाट पबित्र नदी वाग्मती सफÞाई अभियानको बैदीक रुपमा सुरुवात गरीएको बताईन्छ जस्को समन्वयात्मक भूमिकामा अभियन्ता डा.राजु अधिकारीको अथक प्रयासको परीणति थियो ।
सुरुवाती समय देखी सफÞाई अभियान लाई बिभीन्न सहयोग र प्रत्यक्ष रुपमा सफÞाई निरन्तरता दिदै आउनु हुने अभियन्ता ज्यू हरुमा डा. राजु अधिकारी, नारायण कुमार श्रेष्ठ,ई. किशोर सिंह शाही, राज कुमार भट्टराई, सन्तोष श्रेष्ठ, अर्जुन धरेल, ई. सागर थापा र गोकुल थापा लगायतको नाम अग्रपंक्तीमा लिईन्छ ।
तत् पश्चातका दिनहरुमा स्वेच्छाले सहयोग पुर्याउनु हुने महानुभाबहरुमा नेपाल सरकारको उच्च पदस्थ मुख्य सचिव लीला मणी पौडेल, सचिव ई. किशोर थापा एवं सामाजिक आदर्श ब्यक्तित्व एल पि भानु शर्मा, डा. माला खरेल लगायत दर्जनौ अभियन्ताहरुको आगमन भई यस अभियान सशक्त रुपमा बिस्तार गरिएको देखिन्छ ।
देशका प्रमुख सहरहरु पोखरा बिराटनगर, जनकपुर लगायत देश भरीका प्रमुख नगरहरु, प्रदेश, स्थानीय गाउ तह सम्म र धार्मिक स्थल, ताल तलैया लगायत पर्यटकिय क्षेत्र हरुलाई सफÞाई अभियान मार्फÞत स्वच्छ,हरीयाली बनाउन स्वस्फूर्त हजारौ अभियान्ता हरुको पहल सुरु भई सकेको अबस्था हो ।
काठमाडौ उपत्यका भित्र बिष्णुमती, रुद्रमती, लगायत चक्रपथ सफÞाई अभियान समेत वाग्मती सफÞाई अभीयानको उपज र सहकार्यको फैलिदो सकारात्मक प्रभाबको रुपमा लिईएको छ ।
चक्रपथ सफÞाई अभियानको निरन्तरता पछाडीका पृष्टभूमिले पक्कै पनि मनन योग्य शन्देस स्वरूप कसरी एउटा ग्रिन सिटी अस्पतालको सामाजिक उत्तरदायित्व बहन गर्ने कर्पोरेट लगानी बिनियोजन बाट आम स्वयंसेवी भाबना भएको मानिस हरुको श्रमदान लाई सदुपयोग गरी सफÞाई अभियान प्रति ध्यानाकर्षण र सघाउ पुर्याउन सकिन्छ भन्ने ज्वलंत उदाहरण पेश गरेको छ ।
अस्पतालका अध्यक्ष लोक बहादुर टन्डनको पहलकदमीमा निरन्तर सार्वजनिक क्षेत्र रिंगरोड र आसपासका बस्तीहरुमा सफÞाई अभियान बाट योगदान पुर्याई सामाजिक उत्तरदायित्व बहन गरी नागरिक समाजको मन जित्न सफल देखिन्छ ।
नागरिक समाजकै पहलमा अभियन्ता राम हरि श्रेष्ठ “माकल बारी युबा समूह “ , अभियन्ता उत्तम पुडासैनीको पहली कदममा “पुडासैनी मैत्री समाज “ तिलगंगा महीला समूह, मनोहरा, धोबीखोला, नख्खु, बल्खु, मैतीदेबी सफÞाई अभियान लगायत दर्जनौ टोलसुधार समिति हरु स्थानीय स्वयं सेबी महानुभाव हरुको सहकार्यमा नदी सफÞाई र सडक पोटी लाई हरीयाली प्रबर्धन गर्दै सडक पेटीमा अलपत्र छाडीएका गौमाता हरुको समेत ब्यबस्थापनमा योगदान पुर्याउनु उदाहरणीय सत्कर्म गरेर वाग्मती सफÞाई अभियन्ता हुनुको सार्थकता पुष्टी हुन्छ ।
चितवन, पोखरा , जनकपुर लगायतका सहरहरुमा नदीको पूजा आरती गर्ने परीपाटी समेत थालनी भएबाट नदीको स्वच्छतामा योगदान गर्नु ईश्वरिय सेवा वाग्मती सफÞाई अभियानको उपजको रुपमा लिईएको छ ।
राज्यको निकाय हरुका उच्च पदस्थ अधिकारी हरु राज्य कोष बिना आम नागरिक हरुको स्वयंसेवी भाबना लाई अभियानको रुपमा परीचालन गरेर वाग्मती जस्ता सयौ नदीहरु लाई स्वच्छता दिन, हरीयाली प्रबर्धन गर्न सकीन्छ भन्ने वाग्मती सफÞाई अभियान बाट प्रेरित भएर मुलकका तिन वटै सुरक्षा फौज समेत लाई यस अभीयानमा सहभागी बनाउने काम तत्कालीन मुख्य सचिव लिला मणी पौडेलको कार्यकालमा सुरु गरीएको थियो ।
यद्यपी राज्यको प्राथमिकता अन्यत्र कार्य ब्यस्थता लगायतका कारण हरु बाट पछील्ला दिनहरुमा सुरक्षा निकायहरुको सफÞाई अभियान हरुमा उपस्थिती पतालिनु पछाडी नेतृत्व तहको ईच्छा शक्तिमा पनि भर पर्ने कुरा रहेछ भन्ने छर्लंग हुन्छ ।
जबकि सुरक्षा निकायहरुको परीचालन बाट सामाजिक अभियन्ता हरुमा हौसला बढ़ाई सकारात्मक सोच बड्ने , सफÞाई अभियानमा बाधकको रुपमा रहेका व्यक्ति संघ संस्था, ब्यबसायीहरुको गैर जिम्बेबार प्रबृतीलाई सुधार गर्न दबाव सृजना हुन्छ नै ।
यसरी आफ्नो टोल आफै सफा राखौ भन्ने भाबनाको मुहुर्त रुपबाट समग्र देशको सफÞाईमा योगदान पुग्ने निश्चित छ भने अर्को तिर राज्यको तत तत निकायहरु समेत सरसफाईको क्षेत्रमा बडी जागरुक हुने देखिन्छ । सफा, ब्यबस्थित हरीयाल लाई प्रबंधन सम्बर्धन गरी एउटा सभ्य घर, समाज र सिगो मूलुकको छबीमा सकारात्मक भाबनाको बिकास संगै सभ्य समाजको परीचयको कड़ी बन्दै बिस्तारीत हुदै छ वाग्मती सफÞाई अभियान ।
अबको सफÞाई रणनीति, भ्रम र चुनौती
यसरी वाग्मती सफÞाई अभियानले पारेको देश ब्यापी सकारात्मक परिणाम बाबजुत पनि अभियान आलोचना मुक्त हुन नसक्नुको रहश्य तर्फ सचेत हुन जरुरी छ । जबकी यस अभियानको नाममा एक पैसा कसै संग लिईदैन, न त बैंकको खाता नै छ , न कसैलाई जÞबर्दस्त नदीमा सफाईको दबाव सृजना र लालचा देखाईन्छ ।
यो रास्ट्रसेवा प्रतिक पबित्र बिचार बाट प्रेरित मानिस हरुको स्वयंसेवी भाबना हरु बाट संचालन हुन्छ ।केवल धार्मिक र नैतिक जÞिम्मेदारीको रुपमा जन्मे देखी मृत्यु सम्मका संस्कार हरु नदीमा गरीने हीन्दू धर्म संस्कार र संस्कृति लाई बचाउने, सभ्य नागरिक समाजको परीचय दिने उधेश्य बाट एकाकार भएर गरीने पून्य कर्ममा निरन्तरता दिने सोचबाट प्रेरित छ ।
जल, जंगल र बाताबरण प्रति सम्मान गरौ भन्ने मनसाय बाट प्रेरित अभीयान लाई आम नागरिक हरुको भ्रम के रहेछ भने २०५२ सालमा नेपाल सरकार बाट “अधीकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकाश समिति” गठन गरी मन्द गतिमा काम गरीरहेको संस्था संग यस अभीयानको नाम जोडीएको कारण पनि भ्रम सृजना हुनु स्वभाबिक देखियो ।
जबकि राजनैतिक स्वार्थ जोडीएको संस्था राज्यको अरबौको लगानी बाबजुत पनि आशान्वित उपलब्धी नहुनुको आबेसको मार यी स्वच्छीक रुपमा खटीने अभियन्ता हरुमा परेको पक्कै हो । उता समन्धीत नगर पालिका संग फोहर संकलन गर्न सवारी साधन र केही थान बोरा, कुचो र मास्क बाहेक नगद कारोबारको गुन्जाईस छैन ।
अभियन्ता हरुमा राज्यको समन्धीत निकायहरु लाई सचेत गराउन दबाब दिन र राम्रा कामहरुमा सहकार्य गरिने निती रहेका छन । स्मरण रहोस अधीकार सम्पन्न वाग्मती सभ्यता एकीकृत बिकास समितिको उधेश्य वाग्मती नदीलाई ढल मुक्त गराउन यस्मा मिसिने साहायक नदीहरु लाई सर्ब प्रथम ढलमुक्त गराई नदीको दाया बायाको करीडर सड़क सहीतको सौन्दर्य करण गरी नदीमा सफा जल प्रबाह गरी पुरानै स्वच्छ कन्चन जल प्रबाह गरी बाताबरण लाई सन्तुलन गराउने, नदी आसपासका बासिन्दाहरुमा सचेतना जगाई जल मार्ग र जलचरहरुको मजा लिने पर्यटकिय क्षेत्र को रुपमा सरर सड़क यात्राको बिकल्प जल यात्रा लाई संस्थागत गराउने भाबी उधेश्य रहेको पाईन्छ ।
अबका दिनहरुमा सफÞाई अभियानको रणनितीमा आमूल परिवर्तन गरिनु पर्ने बहस चुलीएको अबस्था हो । तसर्थ स्थानीय सरकार लाई जिम्मेवार बनाउने, अभियन्ता हरु बाट अनुगमन लगायत सहकार्य समेतको अबधारणा हरु हामि बिच छलफल भएको अबस्था हो । राज्यको यती ठुलो साधन स्रोतको समूचित सदुपयोगको पाटो महत्वपूर्ण पक्ष हो ।
अबका दिनहरुमा बिद्यालयको बार्षीक क्याल्न्डरमा सफÞाई लाई बिशेष स्थान दिदै ब्यबहारमा लागु गरीनु जरुरी देखियो । स्थानीय सरकार लाई आफ्नो क्षेत्रका महत्वपूर्ण स्थान हरुमा सफÞाईको पूर्ण जबाफ देही बनाउनु पहीलो शर्त हो । खासगरी जनचेतना जगाउने कार्यक्रम, लुकींछिपी फोहर मैला नदीमा बिसर्जन गर्ने, फोहरहरु मापदन्ड बिपरीत छरपस्ट सार्वजनिक क्षेत्र हरुमा छाड्ने लगायतका कसुर लाई सार्वजनिक अपराध सरह कारबाहीको दायरामा ल्याउन हामि अभियन्ता हरुको पहली कदम लिनु जरुरी देखिन्छ ।
बाह्रबर्षमा खोला पनि फर्कन्छ भनिने नेपाली उखानको चरितार्थ वाग्मती सफÞाई महा अभियानमा हजारौ मनकारी महानुभाव हरु को समाहित हुनु मात्र पनि सार्थकता सिद्ध भईसकेको अबस्था हो ।
राजधानी काठमाडौ लगायत देश भरी फोहर संकल, बिसर्जन मात्र होईन बिकशित मुलुकहरुले अपनाईएको प्रबिधी मैत्रि संयन्त्रहरुको जडान गरी अनुगमन, कारबाहीको दायरामा ल्याउन र फोहर लाई मोहोर बनाउने संयन्त्रको प्रयोग गर्न ढीलो भईसकेको अनुभूती हुदैछ ।
अब्यबस्थीत सुकुम्बासी समस्याको समयमै हल गरीनु ढिला भएको अबस्था लाई सबै राजनैतिक दल हरुमा हेक्का , प्रतिबद्धता र खबरदारीको लागी पनि हजारौ स्वच्छीक सफाई अभियन्ताहरुको दबाब बडाउन अभियन्ता हरु सक्षम छन सबैमा चेतना होस । आजै बाट कम्सेकम हप्ताको २ घन्टा समय समाज सेवामा समर्पित गरौ भन्ने सोच बास्तबमा वाग्मती सफÞाई अभियन्ता हरु बाट अनुसरण गरी ब्यबहारमा लागु गरी जन्म दिने आमा र जन्मेको मुलुकले माग्दैन आफैले जानेर दिनु पर्छ भन्ने युक्ति लाई सार्थक बनाऔ ।
समाजको हीत हुने हरेक गतिविधि हरुमा स्वस्फूर्त सहभागी बनी सकिन्छ सहयोग गरौ सकिन्न अबरोध नगरौ यही सन्दैश वाग्मती माता बाट सफÞाई अभियन्ता हरुमा आशीर्वाद बाट गौरब अनुभुति हुनेछ ।
जय वाग्मती सफÞाई महा अभियान जय मातृभूमि जय नेपाल ।
लेखक — शम्भु प्रसाद उप्रेती वाग्मती सफÞाई अभीयन्ता एवं समाज सेवा पुरस्कार बाट सम्मानित पूर्व सशस्त्र प्रहरी बरीष्ठ उपरीक्षक हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »