सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा अलास्कामा फुड फेस्टिभल हुदै

काठमाडौ ।नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्धन गर्ने उदेश्यले अमेरिकाको अलास्कामा पहिलो पटक “सात महादेशिय पर्वतीय खाना महोत्सव २०२४” हुने भएको छ ।​

सगरमाथा दिवश मे २९ तारिखको अबसरमा अलास्काको एन्करेजमा रहेको मण्डला रेष्टुरेण्टमा सो कार्यक्रम हुन लागेको हो । विहान ११ः३० बजेदेखि दिउसो २ बजेसम्म सो खाना महोत्सव हुनेछ । ‘सातै महादेशमा नेपाली खाना, हामी सबैको चाहना’ भन्ने अभियानका साथ ग्यास्ट्रोनोमि टुरिजम एसोसियसन अफ नेपाल र यात्रा ग्रुप्स न्यूयोर्ककको संयुक्त आयोजनामा सो महोत्सव हुन लागेको हो ।

पर्वतीय क्षेत्रका परिकार ढेडो, गुन्दुक, मःम , शेर्पा समुदायमा प्रख्यात थेन्दूक रिल्दोक, नून चिया, नेपाली थाली लगायतका खाना सो महोत्सवमा प्रदर्शन गरिने छ । अमेरिकाका भर्जिनिया राज्यका कहलिएका रेण्टुरेण्ट व्यबसाय एवं क्लुनरी आर्टिस्ट राम थापा र प्रख्यात फूड गुरु सुरेश चन्द्र बस्नेतले बनाएका परिकार डेनाली हिमाल आरोहणमा जाने आरोहीसंगै स्थानीय आन्तरिक र बाह्य पर्यटकले खान पाउनेछन् ।

डेनाली हिमाल चढ्न जानेहरुको लागि नाम्चे बजारजस्तै मानिने एन्करेजमा पहिलो पटक यस्ता नेपाली परिकारको स्वाद पर्यटकले पाउन लागेको कार्यक्रम संयोजक सुरेश बस्नतेले बताउनुभयो ।

अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली रहेको अलास्का क्षेत्रबाट यो अभियान शुरु गरिएको महोत्सवका संयोजक सुरेश बस्नेतले बताउनुभयो ।

त्यसपछि, एशियामा रहेको बिश्वको सबैभन्दा अग्लो सगरमाथासंगै सात महादेशको उच्च शिखरमा यो अभियानलाई पुर्याउने अठोटका साथ आफूहरु अगाडि बढेको बस्नेतले भन्नुभयो । कार्यक्रमबाट संकलन भएको ‘डोनेशन’ रकम नेपालमा सेफहरुको हक, हित र नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गर्न गरिने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »