सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा १० किलो अफिम सहित पक्राउ

नेपालगञ्ज, प्रहरीले बाँकेको खजुरा गाउँपालिका ८ रनियापुरबाट १० किलो ४०० ग्राम अफिम सहित एकजनालाई पक्रा गरेको छ ।

लागु औषध अफिम सहित पक्राउ परेका जाजरकोट जुनेचाँदीका तिलकवहादुर शाहीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमवहादुर रानाले पहाडी जिल्लाबाट लागु औषध ल्याउने अन्य ब्यक्ति पनि हुन सक्ने भएकाले खोजी कार्य भईरहेको जानकारी दिनुभयो । लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको हो ।

यसैबीच प्रहरीले भारतबाट भित्राइएको ठुलो परिमाणको पटाका नियन्त्रणमा लिई नषट गरेको छ । प्रहरी निरीक्षक हृदयेश सापकोटाका अनुसार जमूनाह गाउँबाट करिब पाँचलाख मुल्यका पटाका नियन्त्रणमा लिइएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »