सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा म्याराथन मङ्सिर ६ गते हुने


नेपालगञ्ज, नेपालगञ्ज म्याराथन यहि मङ्सिर ६ गते नेपालगञ्जमा हुने भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी भौतिक दुरी कायम गर्दै म्याराथन आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्डसले आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यसपटकको म्याराथन नेपालगञ्ज म्याराथनको छैठौं संस्करण हो ।


क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले कोभिड–१९ का कारण नेपालगञ्ज म्याराथनमा यसअघिका केही ईभेन्ट हटाइएको जानकारी दिनुभयो । यसवर्ष पुरुष खुल्ला म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रम मात्रै समावेश गरिएको छ ।


तत्कालिन विद्रोही र सरकारबीच बिस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ । यस प्रतियोगिताका प्रदेश १, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत राष्ट्रियस्तरका चर्चित धावकहरुले भाग लिदै आएका छन् ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोश्रोमा सेनाकै कृष्ण बस्नेत, तेश्रोमा जुम्लाका दुर्गा बुढा, चौथोमा नुपाल पुलिसका भुमिराज राई र नेपाली सेनाका नवराज साउद विजेता हुनुभएको थियो ।


नेपाल एथ्लेटिक्स सङ्घले मान्यता दिएको नेपालगञ्ज म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषदले समेत स्वीकृत प्रदान गरेको छ । नेपाल ओलम्पिक कमिटीले यसलाई ओलम्पिक छनौटका रुपमा लिएको छ ।


नेपाल एथ्लेटिक्स सङ्घका अध्यक्ष राजिवविक्रम शाह, प्रदेश खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भिम वली लगायतले नेपालगञ्जलाई चिनाउन म्याराथन सफल हुने बिश्वास ब्यक्त गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »